काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई–पे’ ले हालै ‘सिसा पीसीआई डीएसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आईएमई–पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विद्युतीय भुक्तानी माध्यम बन्न सफल भएको छ ।
आफ्नो स्थापनाकालदेखि नै सेवाग्राहीहरूको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आईएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटीमार्फत पीसीआई डीएसएसको मापदण्डहरू पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।
सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपश्चात् नवीकरण गरिन्छ । यही क्रममा यो वर्ष पनि आईएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरू पु¥याएर नवीकरण गरेको छ । आईएमई पेले अन्तर्राष्ट्रियस्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लंघन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।