काठमाडौं । आइतबारको बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएर अवरोध गरेपछि स्थगित भएको प्रतिनिधि सभा बैठक सोमबार सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ । संसदमा गत १५ गते प्रस्तुत भएको बजेटमाथि छलफलको तयारी गरिएको छ ।