काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमणलाई नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ ।

आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा शाहलाई भाग लिनका लागि बैठकले स्वीकृति प्रदान गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।