विराटनगर । माओवादी केन्द्रले सरकार छाडेर समर्थन फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । सरकार ढल्ने निश्चित भएपछि पहिचानवादीसँग वार्ता गर्न कोशी प्रदेश सरकारले समिति गठन गरेको छ ।

कोशी प्रदेशका मन्त्री तिलकुमार मेयाङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताएका छन् ।