काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन २५ दशमलव ६६ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन चार दशमलव ६८ अंकले उकालो लागेर १९ सय ३२ दशमलव ३३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गनैं सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३८ अंकले उकालो लागेर तीन सय ६५ दशमलव ४७ बिन्दुमा चढेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुमहरु अन्तर्गत दुई सय ६१ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ४१ हजार छ सय १३ पटकको कारोबारमा ६५ लाख ४१ हजार तीन सय ८८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार छ सय ३५ रुपैंयाँ ९२ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक ओरालो लागेपनि बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, उत्पादनमुलक, लगानी, अन्य र टे«डिङ उपसमुहको सुचक उकालो लागेका छन् ।