काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ। सर्वोच्चका न्‍यायाधीशद्वय सुष्मालता माथेमा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि शुक्रबार झिकाउन आदेश दिएको हो।