काठमाडौं,प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अबोध नाबालकलाई तत्कालीन माओवादीले अयोग्य लडाकु भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै लेलिन विष्टले प्रचण्ड र बाबुरामलाई बिपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । अदालतले शुक्रबारनिवेदनउपर सुनवाइ गदै न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले मागबमोजिमको आदेश दिएको हो ।