काठमाडौं । कालीकोटमा जिप दुर्घटनाहुँदा चालक सहित तीनजनाको मृत्यु भएको छ। शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो।
जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमले जानकारी दिएका छन् । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगरको मृत्युस भएको इन्सपेक्टर बमले बताए ।
जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक यज्ञराज बमको नेतृत्वमा दुर्घटनाबारे थप अनुसन्धानका लागि प्रहरीको टोली त्यसतर्फ गएको इन्सपेक्टर बमले बताए।