काठमाडौं । देशभर उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौँ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ ।
नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि कुमारी बैंक लिमिटेडले उक्त सहयोग प्रदान गर्नेे जनाएको छ । सामाजिक उत्तरदायित्वलाई आफ्नो मान्यताको रूपमा अँगाल्दै आएको बैंकले समग्र समाजको हित हुने यस्ता परियोजनाहरूलाई प्रोत्साहन गर्दै आएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल तथा काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा. डा. भगवान कोइरालाको बीचमा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितिमा यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको बैंकले आफ्ना देशभर रहेका तीन सय दुई वटा शाखा, ४८ एक्सटेन्सन काउन्टर, दुई सय ९६ वटा ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ्ग इकाइ सहितका सञ्जालहरुमार्फत् आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।