अमेरिका । ट्विटरले आफ्नो गुुगल क्लाउड बिलहरू तिर्न अस्वीकार गरेको छ । प्लेटफर्मरको रिपोर्टअनुसार गुगलसँगको सम्झौता नवीकरणको समय नजिकिँदै गएकाले ट्विटरले बिल तिर्न अस्वीकार गरेको हो । यसबाट सोसल मिडिया कम्पनीहरूको विश्वास र सुरक्षा सम्बन्धमा कमजोर पार्नेछ ।
एलन मस्कले ट्विटर अधिग्रहण गर्नुअघि ट्विटरले गतवर्ष गुगलसँग स्प्यामविरुद्ध लड्न र खाताहरूको सुरक्षालगायतका विषयमा बहुवर्षीय सम्झौतामा हस्ताक्षर गरेको थियो ।
प्लेटफर्मर रिपोर्टले कम्पनीहरूबीचको द्वन्द्वले कसरी ट्विटरको विश्वास र सुरक्षा टोलीमा बाधा पु¥याउन सक्छ भन्ने विवरणबारे केही भनेको छैन । रिपोर्टमा ट्विटरले गत मार्चदेखि गुगलसँग आफ्नो सम्झौता सम्बन्धमा पुनः वार्ता गर्ने प्रयास गरिरहेको छ । ट्विटरले आफ्नो सर्भरमा केही सेवाहरू होस्ट गर्दै आएको छ र अरुलाई अमेजोन र गुगलको क्लाउड प्लेटफर्महरूमा राख्दै आएको छ ।