काठमाडौँ । बाँदरको उपद्रोका कारण स्वयम्भूनाथ पर्यटकहरूमाझ ‘मंकी टेम्पल’ भनेर चिनिने स्वयम्भूको पुनर्निर्माण कार्य भइरहेको छ । बाँदरले हल्लाएर कमजोर बनिसकेको गजुर गत वर्ष फागुनमा आएको हुरी बतासका कारण भत्किएको थियो । स्वयम्भू मन्दिरको शीरमा रहेको गजुरले अहिले स्वयम्भू व्यवस्थापन समिति, पुरातत्त्व विभाग लगायतको संलग्नतामा पुनर्जीवन पाउँदैछ ।
स्वयम्भु महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर यसअघि पुरातत्त्व विभागले भत्काएको थियो । २०७२ सालमा आएको भुकम्पका कारण सो मन्दिरको विभिन्न भागहरु चर्किएर ठूलो क्षति भई जोखिम बढेपछि मन्दिर भत्काएर पुनर्निर्माण सुरु गरिएको थियो ।