काठमाडौं । तारकेश्वर नेचर भ्युपार्क तारकेश्वर नगरपालिका–५, दाहालथोकमा छ । यो भ्युपार्क दाहालथोकबाट जंगलको बाटो हुँदै ९९ सयवटा खुड्किला चढेपछि पुगिन्छ । पार्कबाट नागार्जुन राष्ट्रिय निकुञ्ज र शिवपुरि राष्ट्रिय निकुञ्जका भूभाग देखिन्छन्। कुल बीस रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कको सात रोपनी क्षेत्रफल हरियालीले ढाकेको छ।
प्रकृतिको मनोरम दृश्य अवलोकन गर्न पाइने र तारकेश्वर नगरपालिकामा पर्ने भएको हुँदा 'तारकेश्वर नेचर भ्युपार्कु नाम राखेको कम्पनीका कार्यकारी प्रमुख सुमन महर्जनले बताए । पार्क अलिक माथि डाँडामा छ,' उनले भने, 'यहाँबाट हिमाल, राष्ट्रिय निकुञ्ज देखिन्छन्।'
महर्जनका अनुसार यस ठाउँमा पहिले सानो रिसोर्ट थियो जुन कोभिडका कारण्ले बन्द भयो। त्यसपछि परिवारिक जमघट हुने गरी भ्युपार्कको विकास गरियो । काठमाडौं वरिपरिको प्राकृतिक दृश्यसँगै परिवारिक ढंगले रमाउन सुविधा हुनेगरी भ्युपार्क बनाउने सोच बनेको उनले बताए ।