काठमाडौं । राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएर उनी अस्वस्थ भएका कारण गंगालाल हृदयरोग केन्द्रमा उनी भर्ना भएका छन् । मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

तर, अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा केही बोल्न चाहेनन् । साथै अस्पताल प्रशासनले पनि पौडेलको स्वास्थ्यको बारेमा स्पष्ट जवाफ दिएको छैन ।