जनकपुरधाम । मङ्गलवार प्रदेशसभामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री यादवले आकस्मिक रूपमा आजै विश्वासको मत लिन लागेका हुन् ।
प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । अगामी जेठ ३२ गते बस्ने भनिएको मधेस प्रदेशको प्रदेशसभा बैठक मंगलबार आकस्मिक रूपमा बैठक डाकेर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि आज तीस औँ दिनको दिन मुख्यमन्त्रीले आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा सचिवालयले सांसदहरूलाई मोबाइलमा एसएमएस पठाएर मंगलबार (आज) साँझ ५ बजे बैठकमा सहभागी हुन सूचित गरेको छ ।