दोलखा । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले चालु आर्थिक वर्षको १० महिनामा सवारी कारबाहीबाट ३८ लाख रुपैयाँभन्दा धेरै राजस्व संकलन गरेको छ । कार्यालयले गत साउनदेखि वैशाखसम्म ३८ लाख १२ हजार हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार सबैभन्दा बढी राजस्व मोटरसाइकल कारबाहीबाट उठेको छ । मोटरसाइकल कारबाहीबापत ११ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालय दोलखाका प्रमुख विष्णुराज पुरीले बताए । उनका अनुसार नियम उल्लंघन गर्ने तथा बिनालाइसेन्स चल्ने एक हजार एक सय ४६ वटा मोटरसाइकलाई जरिवाना गरिएको छ । त्यस्तै, एक हजार दुई सय ८१ वटा बसबाट १० लाख ५८ हजार पाँच सय रुपैयाँ राजस्व जम्मा भएको छ ।