नयाँदिल्ली । भारतीय कम्पनी मद्रास रबर फ्याक्ट्री (एमआरएफ)को प्रतिकित्ता सेयरमूल्य एक लाख भारु पुगेको छ । भारतमा पहिलो पटक एमआरएफको सेयरमूल्य एक लाख भारु पुगेको हो । यसअघि कुनै पनि भारतीय कम्पनीको सेयरमूल्य एक लाख भारु पुगेको थिएन ।
मंगलबार बिहान सुरुवाती कारोबारमा एमआरएफको सेयरभाउ एक लाख दुई सय भारु पुगेको थियो । तर कारोबार बन्द हुँदा ९९ हजार नौ सय कायम भएको छ । टायर उत्पादन गर्ने यो कम्पनीको चालू वर्षको पहिलो त्रैमासमा नाफामा वृद्धि भएपछि सेयरमूल्य बढेको हो । अहिले एमआरएफको ४२ लाख ४१ हजार एक सय ४३ कित्ता सेयर सूचीकृत भएको छ । यसममा २७ दशमलव ८४ प्रतिशत सेयर सर्वसाधारणको छ ।