काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको पक्षमा उनीहरुको रक्षाका लागि बहस गर्ने अधिवक्ताविरुद्ध अदालतमा नाराबाजी भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रतिवादीको पक्षमा बहस गर्ने वकिलहरु विरुद्ध नाराबाजी गरेका हुन् ।
जिल्ला अदालत, काठमाडौँमा सो प्रकरणका आरोपितहरूको प्रतिरक्षा बहस चलिरहेको बेला बुधबार उनीहरु नाराबाजी गर्दै त्याहाँ पुगेका थिए । इजलासमा अब हरिभक्त महर्जन, लक्ष्मी महर्जन, आङ्टावा शेर्पा, टेकनाथ रिजाल र शमशेर मियातर्फका वकिलको बहस हुन बाँकी छ । बुधबार उनीहरुको बहस सकेर बिहीबार सरकारी वकिलले जवाफी बहस गर्ने तयारी रहेको छ ।