काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले बढेको छ । अघिल्लो दिन ३४ अंकले उकालो लागेको बजार परिसुचक आज बुधबार पुन १६ दशमलव ४२ अंंकले उकालो लोगर दुई हजार ३७ दशमलव शुन्य छ बिन्दुमा कायम रहन सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ७५ वटा कम्पनीहरुको ७९ हजार चार सय ६१ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम भने पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ सय ८२ पुग्न सफल भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, उत्पादमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र ट्रेडिङ समुहको सुचक घटेका छन् ।