काठमाडौँ । गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा बल्झाएर अदालतमा पुर्याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत द्वन्द्वकालीन मुद्दा छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताएका छन् ।
सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको भट्टराईले दाबी गरे । उनले भने, “थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो ।”
“द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छ”, उनले भने, “त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो ।”