काठमाडौं । भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेकोे भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् । सांसद पन्तले बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालको असंलग्न परराष्ट्र नीति अहिले आएर खलबलिन थालेको बताए ।
उनले प्रधानमन्त्री प्रचण्डले हालै भारत भ्रमणको क्रममा महांकालमा गएर पूजा गरेको, प्रधानमन्त्री र मन्त्रीले गेरुवा बश्त्र धारण गरेपछि भारतका लागि नेपाली राजदूतले बिचारमा पनि गेरुवा वस्त्र धारण गरेको टिप्पणी गरे । सांसद पन्तले राजदूत शर्माले हिन्दु राष्ट्र नेपालको वकालत गरेर संविधान विरोधी काम गरेको आरोप लगाए ।