काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले भ्रष्ट नेतालाई कारबाहीको माग गर्दै संसद भवन अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले बानेश्वरबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको छ ।
शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, नागरिक अगुवा डा. केदारनरसिह के.सी., सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु गिता तिमल्सिना, उमा गौतम, दिवाकर पुडासैनी, ईश्वरी नेपाल, रुपा गिरी, तुलसीराम भण्डारी, विकास थापा, दुर्गाप्रसाद सापकोटा, उपेन्द्र कुइकेल पक्राउ परेका छन् ।
उनीहरुले चुरे ध्वस्त पार्न पाइदैँन : मधेशमारा नीति चाहिदैँन, शीर्ष नेताहरुको सम्पत्ति छानबिन खोइ ?,सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस्, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?, शिर्ष नेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्, भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।