जनकपुरधाम । आगामी आर्थिक वर्षको मधेस प्रदेश सरकारको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने भएको छ ।

अर्थ मन्त्रालयले अगामी आ.व. २०८०।८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् । शुक्रबार साँझ ५ बजे अर्थमन्त्री संजयकुमार यादवले बजेट प्रस्तुत गर्ने तयारी रहेको छ ।