काठमाडौं । आफूमाथि लागेका जुनसुकै आरोप पनि यदि प्रमाणित भयो भने राजीनामा दिन तयार रहेको प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताएका छन् ।

शुक्रबार समिति सदस्यहरुले संसदीय सुनवाइ समितिमा आएका उजुरीहरुबारे गरेका प्रश्नको जवाफमा उनले त्यसमा कुनै सत्यता नभएको बताए । उनले भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’