काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-३मा गएराति हजुरबुबासँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन् । मनप्रसाद पहिरो आउँदा घरबाहिर निस्केका थिए । ‘म पिसाब गर्न घरबाहिर निस्केको थिएँ । त्यहिबेला पहिरोले मेरी सुतेकी नातिनी सहित घर पुर्यो,’ उनले भने।
पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय जुनाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ। आइतबार बिहान उनलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्याएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
गएराती अविरल वर्षासङै आएको बाढिपहिरोले फालेलुङमा मोटरेबल पुल २ वटा, एउटा झोर्लुङ्गे पुल र २ वटा जेविवी बगाइसकेको छ । फालेलुङ ७ देखि फालेलुङ ३ माछेबुङमा जोडिने घुमाउनेटारको निर्माणाधीन मोटरेबल पुल पनि बाढीले बगाएको छ । पुल बनाउन प्रयोग गरिएका दुइवटा जेसिवी पनि बगाएको प्रहरीले बताएको छ ।