काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जयकुमार मण्डल दोहोरिएका छन् । संस्थाको यही जेठ ३२ गते बसेको सञ्चालक समितिको ७९औँ बैठकले यही असार १ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारीमा हालका मण्डललाई नै थप चार वर्ष अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको हो ।