काठमाडौं । अपर लोहोरे खोला हाइड्रो पावर कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख चार हजार रुपैंयाँमध्येबाट ४९ प्रतिशतका दरले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।
सोमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाको लागि एक लाख ९८ हजार आठ सय २४ कित्ता र आयोजना प्रभावित क्षेत्रका जनताको लागि एक लाख ९८ हजार आठ सय २३ कित्ता सेयर बिक्रीको लागि आह्वान गरेको हो । बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये बैदेशिक रोजगारीमा रहेकाको हकमा यही असार सात गतेबाट बिक्री खुला भई असार २१ गते बन्द हुने छ । आयोजना प्रभावितको हकमा भने असार सात गतेबाट बिक्री खुला भई छिटोमा असार २१ गते र ढिलोमा साउन पाँच गते बन्द हुने छ ।