काठमाडौँ । आइतवार गोलभेँडा किसानहरुले बजार मूल्य नपाएको भन्दै सडकमा गोलभेंडा फ्याकेका छन् । किसानहरुले बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारमा गोलभेँडा सडकमा फ्याँकेर विरोध जनाएका हुन् ।
उनीहरुले कालिमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा नेपालमा उत्पादित गोलभेँडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतवार किसानहरुले टमाटर फ्याँकेका छन् ।
उनले अहिले नेपाली किसानहरुले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता नपाउने तर विदेशीबाट आयात भएर आएको बस्तुले बजार लिने गरेको भन्दै गुनासो गरे । उनले कालिमाटी बजारमा व्यवसायीहरुले किसानसँग ८ रुपैयाँ किलोमा किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताए ।
उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरुको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताए । उनले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताए ।
कालिमाटी तरकारी बजारमा किसानहरुले करिब ३० हजार किलो गोलभेँडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ । फ्याँकिएका गोलभेंडा रामकोट, नागार्जुन, थानकोट, भक्तपुर लगायत क्षेत्रमा फलेका हुन् ।