काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ५२ दशमलव २६ अंकले उकालो लागेर दुई हजार ९४ दशमलव ३३ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव १८ अंकले उकालो लागेर तीन सय ९० दशमलव ५६ बिन्दुमा कायम रहेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुमहरुको कारोबार भएका छन । जसअन्तर्गत दुई सय ८० वटा कम्पनीहरुको ७० हजार छ सय ४७ पटकको कारोबारमा एक करोड २० लाख ९५ हजार नौं सय ६६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये बाणिज्य बैंक उपसमुहको सुचक ओरालो लागेपनि बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुुचक भने उकालो लागेका छन् ।