काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ चार दलका शीर्ष नेताको बैठक जारी छ । सोमबार समाजवादी मोर्चा नेपालको घोषणा हुने भएपछि समाजवादी मोर्चाको अन्तिम हस्ताक्षर गर्न चार दलका शीर्ष नेताहरु बसेको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेकपाका महासचिव विप्लव सहभागी छन् ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा सामेल भएको छैन् । वामदेव गौतमले चाहिं एमालेमै फर्किने निर्णय गरी सकेका छन् । प्रभु साह नेतृत्वको आमजनता पार्टीले पनि मोर्चामा सामेल नहुने बताइसकेको छ । मोर्चालाई अन्तिम रुप दिएपछि दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको बताइएको छ ।