काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई नेपाल बिमा प्राधिकरणले यही जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । असारभित्र एकीकृत कारोबार गर्ने गरी दुवै कम्पनीको संयुक्त मर्जर समिति, सञ्चालक समिति र व्यवस्थापन समूह तयारीमा लागिसकेको छ ।
यही सिलसिलामा संयुक्त मर्जर समितिको निर्णयअनुसार दुवै कम्पनीको भावना प्रतिबिम्बित हुने गरी तयार गरिएको तथा एकीकृत कारोबारपछि प्रचलनमा ल्याइने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” को लोगो सार्वजनिक गरेको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको देशैभर एक सय ६७ शाखा÷उपशाखा सञ्चालनमा भई चार सय ४९ कर्मचारी कार्यरत रहेका छन् । प्रभु लाइफको बोनस सेयर जारीपछि दुवै कम्पनीको गरी चुक्ता पुँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँ पुग्ने छ । बिमा प्राधिकरणले तोकेको ५०० करोड चुक्ता पुँजीको लागि एकीकृत कारोबारपछि ९० करोड बराबर प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने सहमति भएको कम्पनीले जानकारी दिएको छ ।