काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंकबीच सम्झौता भएको छ । १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यको १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैयाँ बराबरको ११ प्रतिशत महालक्ष्मी डिबेन्चर, २०८९” को रजिस्ट्रार सेवा उपलब्ध गराउने विषयमा दुवै कम्पनीबीच सम्झौता भएको हो ।
उक्त डिबेन्चर रजिस्ट्रार सेवाअन्तर्गत बाँडफाँटमा ऋणपत्र पर्न सफल भएका लगानीकर्ताहरूको ऋणपत्र सम्बन्धित ऋणपत्र धनीहरूको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको ऋणपत्रहरूको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, ऋणपत्र धनीहरूको लगत अध्यावधिक गरी राख्नेलगायतका रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू २०८० साल असार ५ गते मंगलबारदेखि एनआईसी एसिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली ११, काठमाडौंमार्फत हुने कम्पनीले जानकारी दिएको छ । साथै, एनआईसी एसिया क्यापिटलको ‘आईडीया टु आईपीओ’ सेवाअन्तर्गत जुनसुकै अवस्था र जुनसुकै चरणमा रहेका कम्पनीहरूलाई आईपीओजारी गर्ने तहसम्म पु¥याई सर्वसाधारणमा सेयर जारी गर्नेसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै जानकारी पनि कम्पनीले दिएको छ । हाल सोही ‘आईडीया टु आईपीओ’ सेवालाई अझ बढी परिस्कृत गर्दै प्राइभेट कम्पनीहरूलाई समेत सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउन सुरु गरेको छ ।