काठमाडौं । कामना सेवा विकास बैंक र ट्रान्कुलिटी स्पाबीच सम्झौता भएको छ । यही असार तीन गते आइतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको हो ।
सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरूले ट्रान्कुलिटी स्पाका सम्पूर्ण आउटलेटहरूले प्रदान गर्ने मसाज थेरापी तथा सैलुन सेवाहरूमा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । साथै, सदस्यता लिएका बैंकका ग्राहकहरूलाई प्रदान गर्ने स्पा सेवा सुविधाहरूमा ५० प्रतिशतसम्मको छुटको समेत व्यवस्था रहेकोे छ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।