काठमाडौं । मंगलबार लुम्बिनीमा योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताएका छन् । उनले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेरे पनि योग आफैँमा मानव कल्याणको साझा ज्ञान भएको बताए ।
नेपाल राम बिना र भारत सीता बिना अधुरो रहेको मन्त्री किराँतीले बताए । उनले पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेपछि नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध पुनः स्थापित भएको बताए ।
नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा सरकार रहेको भन्दै उनले महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवा हवाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको बताए ।