काठमाडौं । आउँदो शुक्रबार अर्थात असार ८ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबारका लागि निर्धारण गरिएको जानकारी गराएका छन् ।
प्रतिनिधिसभा सदस्यहरुलाई प्रश्नोत्तर कार्यक्रमका लागि वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको छ । समूह १ मा रहेका सांसदहरुले मात्र यो महिना प्रश्न सोध्न पाउनेछन् ।
मंगलबार पाँच बजेभित्र नै सांसदहरुले प्रश्न सोध्नका लागि प्रतिनिधिसभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा बुझाउनुपर्नेछ ।