बझाङ,सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीको गाडी बझाङमा दुर्घटना भएको छ । मंगलबार धनगढीबाट बझाङका लागि हिडेका मन्त्रीको गाडीमा मन्त्री सिहकी श्रीमती समेत सवार थिईन् ।
सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।
दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।