काठमाडौं । बुधबार गलकोटबाट सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका( ५ ठूलढुंगामा बिहान ८ बजे दुर्घटना भएको छ ।
जीप सडकबाट पाँच सय मिटर तल खसेको र जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए।
कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका(१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेलको मृत्यु भएको डिएसपी केसीले जानकारी गराएका छन् । ठाडो भिरालो भीर खोँचमा शब भएका कारण मृतकको उद्दारमा समस्या भएको डिएसपी केसीले बताए।