काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किस्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरूको बिमालेखको सीमासम्म किस्ट शिक्षण अस्पतालबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिने छ ।
साथै, सोही अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले किस्ट शिक्षण अस्पतालले आफ्ना ग्राहकहरूलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरूलाई औषधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।