काठमाडौं,काठमाडौं,भारतको बेंगलुरुमा सुरु भएको १४ औं साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतका लागि खेलको २३ औं मिनेटमा कप्तान खालिल हाजिएहले हेड मार्फत गोल गर्दै अग्रता दिलाए ।
कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछाडी परेको नेपाल दोस्रो हाफमा पनि कुवेतले १ गोल थपेपछि खेलमा फर्किन सकेन । दोस्रो हाफमा नेपालले एक गोल मात्र गर्न सक्यो । समंग्रमा नेपाल कुवेतसँग ३-१ गोलले पराजित भयो ।
पहिलो हाफको ४१ औं मिनेटमा मोहम्मद अब्दुल्लाहको पासमा शबईब अलखल्दीले गोल गर्दै दोब्बर अग्रता बढाए । खेलको दोस्रो हाफको ६५ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत् तेस्रो गोल ग¥यो । नेपालले भने खेलको ६८ औं मिनेटमा अन्जन विष्टको गोलबाट खाता खोलेपनि जितका लागि प्रयाप्त हुन सकेन । पहिलो हाफमा ओमन पुरै हावी भएपनि दोस्रो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।
यो गोलमा कुवेतले उत्कृष्ट खेल कला देखाएको थियो ।अथ्बी सालेशले थ्रो बलमा उपलब्ध गराएको बलमा मोहम्मद अब्दुल्लाहको पासमा अलखल्दीले पेनाल्टी बक्समा विमल पाण्डेलाई छलाउँदै गोल गर्दा कप्तान किरणले रोक्ने कुनै अवसर पाएनन् ।