काठमाडौं । बिहीबार दिउँसो २ बजे नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार उक्त बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेटलगायत विभिन्न विषयमाथि छलफल गरिने छ ।

एकीकृत समाजवादीले सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै असन्तुष्टि जनाएको छ ।