काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ । सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले विशालनगरमा अवस्थित एरोगिन हेल्थ केयरका विभिन्न सेवाहरूमा पाँचदेखि अधिकतम ४५ प्रतिशत, इटहरी, सुनसरीमा अवस्थित होटल पाथिभरा इन्टरनेसनलका सेवाहरूमा १० प्रतिशत, मैतिदेवी काठमाडौंमा अवस्थित बुइँगल लाउञ्ज एन्ड बारका सेवाहरूमा १५ प्रतिशत, लाजिम्पाट, काठमाडौंमा अवस्थित एलो हाइटीका सेवाहरूमा अधिकतम १० प्रतिशत, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरूमा अधिकतम १० प्रतिशत र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सहकार्यबाट बैंकका डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।