काठमाडौं । पार्टी केन्द्रीय सदस्यहरुलाई बिहीबार पठाइएको सर्कुलरअनुसार सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

असार २३ गते प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने भनिएको छ । दुई महिने अभियानको समीक्षासहितको प्रतिवेदन बैठकअघि १५ असारभित्र पठाउन भनिएको छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरु सहभागी हुनेछन् ।