काठमाडौँ । बालाजुस्थित नयाँ पार्टी कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । पार्टी सभापति रवि लामिछानेले स्थापना दिवसका अवसरमा नयाँ पार्टी कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा सो पार्टीका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । पूर्व बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश गरेका छन् ।