काठमाडौं, आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले नेपाललाई १०१ रनले पराजित गरेको छ । कप्तान शाई होप र निकोलस पुरनको शतकमा वेस्ट इन्डिजले नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको थियो ।
नेपालका लागि आरिफ शेखले अर्धसतिकिए ६३ रनको पारि खेले,गुल्सान झा ४२, रोहित पौडेल ३०,आसिफ शेख २८,दिपेन्द्र सिंह ऐरी २३ र करण केसी २८ रन बाहेक कनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् । वेस्ट इन्डिजका लागि जोसन होल्डर ३ विकेट,अल्जारी जोसेफ २, किमो पल २, अकिल हसेन २ र काइल मेयर्सले १ विकेट लिए ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बलमा १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन ।
त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।
ब्रेन्डन किङ्गले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन जोडे । यस्तै रोभम्यान पावेलले तीन चौका र एक छक्काको सहयोगमा १४ बलमा २९ रन बनाए । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।
बलिङतर्फ नेपालका ललित राजवंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।