काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको मनकामनामा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । गएराति शहिद लखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । ।
प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले शोक सन्देशजारी गर्दै भनेका छन्, ‘गोरखा जिल्लाको सहिदलखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा ५ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु। दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
जीप दुर्घटनामा १२ जना घाइते भएका थिए भने ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सबैको सनाखत भइसकेको छ। जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ।