काठमाडौं,जर्मनीका कुख्यात तानाशाह हिटलरका प्रचारमन्त्री जोसेफ गोयवल्सले एउटा झुटलाई हजारौँ पटक दोहो¥याएर सत्य साबित गराउने प्रयास गरेका थिए । त्यसलाई पछि गोयवल्स शैली भनियो ।अहिले त्यो गोयवल्स शैली घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले चरितार्थ गरेको छ । उक्त सिमेन्टले अझै अगाडि बढेर ‘जो चोर उसैको ठूलो स्वर’ भन्ने नेपाली उखानलाई पनि साबित गर्दै आफ्नो गोरखधन्दालाई ढाकछोप गरेर सबैको ध्यान अन्यत्र मोड्ने प्रयास गरेको छ । आफ्नो बदमासीको दोष मिडियातिर सोझ्याएर उम्कने प्रयास गरेको छ । गत बिहीबार अछापे, बेनामी, बेवारिसे, काइते एक दुषित प्रेस विज्ञप्ति जारी गरेर सबैलाई दिग्भ्रमित बनाउने कोसिस गरेको छ ।
घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ सेयर निष्काशनको खुला अवधिमा फर्जी कारोबार गरेर नियामक निकायदेखि सर्वसाधारणसम्मका सबैलाई झुक्याएको प्रमाणसहितको समाचार मिडियाले सार्वजनिक गरेको थियो र त्यसमाथिको अनुसन्धानपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओको सेयर निष्काशन प्रक्रिया रद्द गरेको थियो ।
घोराही सिमेन्टले आईपीओ निष्काशनको लागि अनुमति प्राप्त गर्ने सन्दर्भमा पेस गरेको विवरणपत्र र वित्तीय विवरण नै सही र यथार्थपरक थिएनन् । सबै रेडिमेड प्रतिवेदन थिए र सेटिङमा त्यसलाई अनुमोदन गराइएको थियो । घाटामा गएर टाट उल्टिएको सिमेन्टले बैंककर्जा चुक्ता गर्ने कुरो त परै जाओस् चुनढुंगा सप्लायर्सहरूको रकम समेत भुक्तानी गर्न नसकेपछि उनीहरूले सप्लाई बन्द गरेको अवस्था छ र कम्पनीको बिग्रेको दयनीय आर्थिक अवस्थाको साक्षी रहेका कर्मचारीहरूले नै सञ्चालकहरूले सेटिङमा आईपीओ निष्काशनको अनुमति लिएपछि आफूहरूलाई नै धिक्कारेका थिए । पछिको आईपीओको सेयर बिक्री–प्रक्रियामा सहभागी नहुने निर्णय लिएका थिए ।
यसअघि पनि कर्मचारीहरूले सेयर नकिनेपछि आईपीओको बिक्री–प्रक्रिया रद्द भएको थियो । यस पटक सत्ता र शक्तिको पहुँच देखाएर पुरुषोत्तमलाल संघाई र आदित्य संघाईको सञ्चालक समूहले आईपीओ निष्काशनको निर्णय गराएको थियो । सर्वसाधारणको लागि आईपीओ आवेदन खुला भएको भोलिपल्टै सबै सेयरमा आवेदन परेको गलत सूचना सम्प्रेषण गरिएको थियो । त्यो पनि आईपीओ जारी गर्ने अनुमति लिने प्रक्रियामा भएका बदमासी र सेटिङकै निरन्तरता थियो । तर, त्यसको दुई दिनपछि अर्थात् चौथो दिन एवं अन्तिम दिन आईपीओको आवेदनको म्याद भने १० दिन थपिएपछि फर्जी आवेदकको आशंका गरिएको थियो । त्यही मर्ममा मिडियाले सप्रमाण प्रहार गरेपछि धितोपत्र बोर्डले बाध्य भएर घोराही सिमेन्टको आईपीओ निष्काशन स्थगन गर्नुपरेको थियो ।
आईपीओ निष्काशन स्थगन भएपछि रन्थनिएको घोराही सिमेन्टले बिहीबार मिति समेत नराखेको प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमार्फत नेपाल धितोपत्र बोर्ड, क्रेडिट रेटिङ गर्ने कम्पनीका कर्मचारी, म्युचुअल फन्डलगायत सबैलाई एकैसाथ धम्क्याएको छ र सबैसँग भावनात्मकरूपमा ब्ल्याक मेलिङ गरेको छ । घोराही सिमेन्टको क्रेडिट रेटिङ केयर रेटिङ नेपालले गरेको थियो । केयर रेटिङ नेपालको मुख्य लगानीकर्ता विशाल ग्रुप रहेको छ र त्यसले स्वार्थ बाझिने गरी घोराही सिमेन्टको सेटिङमा क्रेडिट रेटिङ गरेको तथ्य खुल्दै गएपछि त्यसैको क्रेडिट रेटिङलाई आधार बनाएर घोराही सिमेन्टले भावनात्मकरूपमा ब्ल्याक मेलिङ सुरु गरेपछि धितोपत्र बोर्डले बाध्य भएर केयर रेटिङ नेपालमाथिको छानबिन र कारबाहीलाई अघि बढाएको छ ।
घोराही सिमेन्टले बैंककर्जा अपचलन गरी भारत पु¥याएको र आईपीओमा फर्जी आवेदन गराएको अब कसैबाट पनि छिपेन, छुपाउन सकुन्जेल गोरखधन्दा चलाएको घोराहीमा भारतीय मूलका सञ्चालक संघाई परिवारले सबै कुकृत्य छताछुल्ल भएपछि समाचार सार्वजनिक गर्ने मिडियालाई स्वदेशी लगानी निरुत्साहित गर्ने कार्यमा संलग्न लगानीविरोधी समूह तथा सो समूहबाट प्रायोजित कार्य तथा समाचार भनी विषवमन गरेर मतियारहरूलाई त्यसको चटनी चटाएको छ । नेपालको राष्ट्रिय पुँजी चोरबाटोबाट विदेश पु¥याएर लुकाउने घोराही सिमेन्टका भारतीय मूलका सञ्चालकहरूले आईपीओ निष्काशनमा गरेको कुकृत्यको भण्डाफोर गर्ने मिडियाहरूलाई लाञ्छित गरेर त्यसका सञ्चालकले अझै सेटिङमा दुनो सोझ्याउने षड्यन्त्र गरिरहेको वैधानिक हैसियत नरहेको उक्त फर्जी प्रेस विज्ञप्तिमार्फत गरेका छन् ।