काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार बजार परिसुचक एकै दिन ६२ दशमलव २१ अंकले उकालो लागेर २१ सय १७ दशमलव ७३ बिन्दुमा कायम रहन सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ६४ अंकले उकालो लागेर तीन सय ९५ दशमलव ४५ बिन्दुमा चढ्न सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७५ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ९० हजार दुई सय ४९ पटकको कारोबारमा एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ रुपैंयाँ ८९ पैसा कायम हुन पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुमहरुको सुचक उकालो लागेर धितोपत्र बजार पुरे हरियो देखिएको छ ।