काठमाडौँ । मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, 'विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकाङ्क्षा, भूराज्यका स्थायी अङ्गहरूको क्षयीकरणरभ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।'