काठमाडौं । ग्लोबल आईएमई बैंकका कर्मचारीलाई अन्तर्राष्ट्रिय वित्त निगमले तालिम दिएको छ । बैंकको कर्जा बिभागमा कार्यरत करिब चार सय जना कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको जानकारी बैंकले दिएको हो । तालिम ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय वित्तीय निगमको सहकार्यमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रम विशेष गरेर आईएफसी पफमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आईएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरूले सञ्चालन गरेका थिए । अन्तर्राष्ट्रियरूपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत सुशासनलगायतका विषयबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि भई समग्र र्बैंकिङ क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।