काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ६२ दशमलव २१ अंकले उकालो लागेको बजार परिसुचक आज पुन ११ दशमलव ६९ अंकले उकालो लागेर २१ सय २९ दशमलव ४२ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि तीन दशमलव ६६ अंकले उकालो लागेर तीन सय ९९ दशमलव ११ बिन्दुमा कायम भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७९ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ७३ हजार नौं सय ५८ पटकको कारोबारमा एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष उपसमुमहरुको सुचक बढेका छन् भने जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक उकालो लागेका छन् ।