काठमाडौ । साधारण सेयर निष्काशनका लागि तयारीमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले केयर रेटिङबाट केयरएनपी ट्रिपल बी प्लस रेटिङ पाएको छ । जीवन बीमा कम्पनीहरूमा ट्रिपल बी प्लस रेटिङ प्राप्त गर्ने यो पहिलो कम्पनी हुन सफल भएको छ ।
ट्रिपल बी प्लस रेटिङ पाएका कम्पनीले वित्तीय दायित्व समयमै निर्वाह गर्न सक्ने छ । गत आवमा कुल बीमाशुल्क आम्दानी ३२ प्रतिशतले वृद्धि भएर चार अर्ब चार करोड ४० लाख रुपैयाँ पुगेको थियो । अघिल्लो आवमा दुई अर्ब ८८ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेकोमा गत आवमा तीन अर्ब ८२ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको छ । गत दुई आवमा बीमालेख नवीकरण अनुपात ९४ प्रतिशत रहेको छ । प्रथम वार्षिक शुल्क आम्दानी १० प्रतिशतले वृद्धि भएको थियो । कम्पनीको कुल बीमा व्यवसायमा सर्वाधिक बीमा योजनाको हिस्सा ७४ प्रतिशत रहेको छ ।
आव२०७८÷७९ मा कम्पनीले मुनाफाबाट ३४ करोड २० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी गत आवमा सेयरधनी कोषमा खुद मुनाफाबाट २९ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ । गत आव २०७८÷७९ मा दुई अर्ब ९९ करोड रुपैयाँ आम्दानी रहेकामा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको कुल बीमाशुल्क आम्दानी दुई अर्ब ७४ करोड १० लाख रुपैयाँ रहेको छ । लगानीबापतको प्रतिफलमा ६२ प्रतिशतले वृद्धिका कारण कम्पनीको खुद नाफा गत आवको पहिलो नौ महिनाको तुलनामा वृद्धि भएको छ । चालू आव २०७९/८० को चैत्र मसान्तसम्ममा रिलायबल नेपालले २८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ ।